स्टोक्स चोटपछि मैदान फर्किंन तयार

काठमाडौंः इंग्ल्याण्डका स्टार अलराउन्डर बेन स्टोक्स चोटपछि मैदानमा फर्किन तयार छन्। उनी पूर्ण रूपमा फिट भएका छन्।

उनले इंग्ल्याण्डको चर्चित भाइटालिटी टी–२० ब्लास्ट क्रिकेट प्रतियोगितमा भाग लिने भएका छन्। स्टाक्सले यो प्रतियोगिता डरहम टिमबाट खेल्नेछन्।

आईपीएलको १४औँ सिजनअन्तर्गत राजस्थानको पहिलो म्याचमा उनको औँलामा चोट लागेको थियो। चोटकै कारण स्टोक्स आईपीएलका बाँकी म्याच नखेल्दै भन्दै घर फर्किएका थिए।

चोटमुक्त भएसँगै उनले ९ जुनदेखि सुरू हुने ब्लास्ट टी–२० प्रतियोगिता खेल्ने भएका छन्। स्टोक्स लगभग तीन वर्षपछि टी–२० ब्लास्ट खेल्ने भएका हुन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

अन्तिम पटक २०१८ उनले यस टुर्नामेन्टमा भाग लिएका थिए। यसअघि उनी जुलाईसम्म मैदान बाहिर रहने आँकलन गरिएको थियो।

तर, चोटमुक्त हुँदै उनले टी–२० ब्लास्टबाट क्रिकेटमा कमब्याक गर्ने भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाइएका छन्। टी–२० ब्लास्टका लागि उनले प्रशिक्षण पनि सुरु गरेका छन्।

यद्यपि, इंग्ल्याण्ड क्रिकेट बोर्डले स्टोक्सको उपलब्ध हुने/नहुनेबारेमा केही जानकारी दिइसकेको छैन। तर, उनी जून १५ देखि २० सम्म कमब्याक गर्ने भएका छन्। यस अवधिमा उनी आवद्ध डरहम टिमले टी २० ब्लास्टमा चार खेल खेल्नेछ।

स्टोक्सले केही दिनअघि आफ्नो चोटबारेमा जानकारी दिएका थिए। स्टोक्सले आफू फिट हुँदै गएको र प्रशिक्षण सुरु गरेको बताएका थिए।

‘अब म बलिङ गर्न सक्षम छु, जिम जान्छु। थोरै ब्याटिङ पनि गरिरहेको छु। म पूर्ण रिकवरी हुँदैछु। केही दिनमै पूर्ण प्रशिक्षण गर्न सक्ने हुन्छु।’

केही दिनअघि भाइटीलिटी ब्लास्टले पनि आफ्नो ट्विटर ह्यान्डलमा स्टोक्सले प्रतियोगिता खेल्न सक्ने उल्लेख गरेको थियो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker