भारत र श्रीलंकाबीचको खेल तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौंः भारत र श्रीलंकाबीचको एकदिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ। होस्ट बोर्डकास्टर सोनी स्पोर्ट्सले ट्वीटमार्फत् खेल तालिका सार्वजनिक गरेको हो।

यी दुई देशबीच तीन म्याचको वानडे र तीनै खेलको टी–२० सिरिज हुनेछ। सार्वजनिक खेल तालिकाका अनुसार सुरुवातमा दुवै टोलीले वानडे सिरिज खेल्नेछन्।

वानडे सिरिज १३ जुलाईदेखि सुरु हुनेछ। दोस्रो वानडे १६ जुलाई र तेस्रो १८ मा खेल्नेछ। टी–२० सिरिज जुलाई २१ देखि सुरु हुनेछ। दोस्रो खेल २३ र अन्तिम तथा तेस्रो म्याच २५ जुलाईमा हुनेछ।

बीसीसीआईले श्रीलंकासँग यो सिरिज खेल्न भारतीय ‘बी’ टिम पठाउने तयारी गरेको छ। कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मालगायत अधिकांश मुख्य खेलाडीहरू हाल इंग्ल्याण्डको भ्रमणमा छन्। श्रीलंका भ्रमणका लागि भारतले नयाँ नयाँ कप्तान चयन गर्दैछ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

श्रीलंका टूरका लागि २४ सदस्यीय भारतीय टोली घोषणा गरिने भएको छ। छनोटकर्ताहरूले जून १५ वा १६ तारिखसम्ममा श्रीलंका भ्रमणका लागि टिम घोषणा गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय खेलाडीहरूले दुई सातासम्म भारतमा क्वारेन्टाइन बस्नुपर्ने भएको छ। कम्तिमा पाँच दिन श्रीलंकाको एक होटलमा बिताउनुपर्नेछ।

यस भ्रमणमा युवाहरूले टोलीमा मौका पाउने सम्भावना बलियो रहेको छ। दुबै बलिङ र ब्याटिङमा महत्वपूर्ण खेलाडीहरूको अनुपस्थितिमा युवा प्लेयरहरू जिम्मेवार हुनेछन्। अनुभवी ओपनर शिखर धवनलाई कप्तानीको जिम्मेवारी दिइनेछ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker