वेष्टइण्डिज भ्रमणमा नजाने भए अष्ट्रेलियाका ८ स्टार खेलाडी !

काठमाडौंः अष्ट्रेलिया क्रिकेट टिमले वेष्ट इण्डिज भ्रमणमा जाँदैछ। पाँच वर्षपछि अष्ट्रेलिया टिम वेष्ट इण्डिजको भ्रमण गर्न लागेको हो।

अष्ट्रेलियाले वेष्ट इण्डिजसँग पाँच टी–२० र तीन एकदिवसीय सिरिज खेल्नेछ। यी दुई देशबीचको सिरिज ९ जुलाईदेखि २४ जुलाईसम्म बार्बाडोस र सेन्ट लुसियामा हुनेछन्।

यस सिरिजलाई टी–२० विश्वकपकाको तयारी सिरिजका रूपमा दुवै टोलीले लिएका छन्। यसै वर्ष भारतमा टी–२० विश्वकप हुँदैछ। जसमा दुवै टोलीले सहभागिता जनाउनेछन्।

सिरिजका लागि अष्ट्रेलियाले २९ सदस्यीय टोली हालै घोषणा गरिसकेको छ। यद्यपि, घोषित टोलीमा रहेका ८ स्टार क्रिकेटहरू वेष्ट इण्डिज भ्रमणमा नजाने सम्भावना रहेको छ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

वेष्ट इण्डिज र बंगलादेश भ्रमणमा स्टिभ स्मिथ, ग्लेन म्याक्सवेललगायत ८ खेलाडीहरू नजाने सम्भावना रहेको हो।

सिड्नी मोर्निङ हेराल्डको रिपोर्टअनुसार स्मिथ, म्याक्सवेलसहित डेविड वार्नर, प्याट कमिन्स, मार्कस स्टोइनिस, झाय रिचर्डसन, केन रिचर्डसन र रिले मेरिडिथ विभिन्न कारणले भ्रमणमा नजाने भएका हुन्।

केही खेलाडीहरू मानसिक समस्याहरूसँग संघर्ष गरिरहेका छन्। सबै आठ खेलाडीले आईपीएल २०२१ मा भाग लिएका थिए। उनीहरूले आगामी टूरबाट नाम फिर्ता लिनुका कारण सेप्टेम्बरदेखि सुरु हुने आईपीएलको बाँकी सिजनमा फर्कन चाहन्छन्। यसका साथै बायो–बबल थकानका कारण पनि उनीहरू भ्रमण नजाने भएका सिड्नी मोर्निङ हेराल्डले जनाएको छ।

क्रिकेट अस्ट्रेलिया (सीए) का प्रमुख छनोकर्ता ट्रेभोर होन्सले हालै २३ जना खेलाडीहरूसँग कुराकानी गरेका थिए। बायो–बबलको थकानको प्रभाव खेलाडीहरूमा पारेको छ।

भारतमा कोरोना बढेपछि एडम जम्पा, एन्ड्रयू टाय र केन रिचर्डसनले आईपीएल २०२१ सिजनको बीचमै छाडेर आफ्नो देश फर्किएका थिए।

अष्ट्रेलियाले थप ६ जना खेलाडीहरू टिम समावेश गर्दै २९ सदस्यीय टोली बनाएको छ। बेन म्याकडर्मोट, डान क्रिष्टियन, क्यामरन ग्रिन, एस्टन टर्नर, वेस आगर र नाथन एलिसलाई टोलीमा बोलाइएको छ।

अष्ट्रेलियन टिम वेष्ट इण्डिजविरुद्धका सिरिजका लागि जुन २८ तारिखमा प्रस्थान गर्नेछ। वेष्ट इण्डिज टूरपछि अष्ट्रेलियन टिम बंगलादेश जानेछ। जहाँ उसले अगस्टमा बंगलादेशसँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

अष्ट्रेलिया र वेष्ट इण्डिजबीचको खेल तालिका :

पहिलो टी–२० म्याच ९ जुलाई (सेन्ट लुसिया मैदान)

दोस्रो टी–२० म्याच १० जुलाई (सेन्ट लुसिया)

तेस्रो टी–२० म्याच १२ जुलाई (सेन्ट लुसिया)

चौथो टी–२० म्याच १४ जुलाई (सेन्ट लुसिया)

पाँचौँ टी–२० म्याच १६ जुलाई (सेन्ट लुसिया)

पहिलो वानडे म्याच २० जुलाई (बार्बाडोस मैदान)

दोस्रो वानडे म्याच २२ जुलाई (बार्बाडोस)

तेस्रो वानडे म्याच २४ जुलाई (बार्बाडोस)

अष्ट्रेलियन टोली :

आरोन फिन्च (कप्तान), एस्टन आगर, वेस आगर, जेसन बेहरेन्डोर्फ, एलेक्स क्यारी, डान क्रिष्टियन, प्याट कमिन्स, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, मोइसेस हेनरिक्स, मिचेल मार्श, ग्लेन म्याक्सवेल, बेन म्याकडर्मोट, रिले मेरिडिथ, जोस फिलिप, झाय रिचर्डसन, केन रिचर्डसन, तनवीर सांघा, डाआर्सी शर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोनिस, मिचेल स्वेप्सन, एन्ड्रयू टाय, एडम जम्पा, एस्टन टर्नर, म्याथ्यू वेड र डेविड वार्नर।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker