नेदरल्याण्ड्सले सुधार्‍यो वरियता, यस्तो छ नेपालको स्थान

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ। आईसीसीले अपडेट गरेका नयाँ वरियतामा नेदरल्याण्ड्सले एक स्थान सुधार गरेको छ।

नेदरल्याण्ड्स एक स्थान सुधार गर्दै १२औं स्थानबा ट ११ मा उक्लिएको छ। हालै आयरल्याण्डसँगको वानडे सिरिज जितेपछि नेदरल्याण्ड्सको वरियता सुधारिएको हो।

११औँ स्थानमा रहेको आयरल्याण्ड भने १२औँ स्थानमा खस्किएको छ। नेपाल भने १६औँ स्थानमा यथावथ छ। नेपालले २०२० देखि एकदिवसीय म्याच खेल्न पाएको छैन।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

नयाँ वरियतामा पनि शीर्ष स्थानमा न्यूजिल्याण्ड छ। त्यस्तै, दोस्रोदेखि दशौँ स्थानसम्म क्रमशः अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, वेष्ट इण्डिज, श्रीलंका र अफगानिस्तान छन्।

टी–२० वरियतामा इंग्ल्याण्ड शीर्ष स्थानमा कायमै रहेको छ। टी–२० मा नेपाल १३औँ स्थानमा यथावत नै छ। दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोमा पाकिस्तान र पाँचौ स्थानमा अष्ट्रेलिया रहेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker