दोस्रो टेष्टबाट बाहिरिए विलियम्सन, यी खेलाडीले गर्नेछन् ‘कप्तानी’

काठमाडौंः इंग्ल्याण्डसँग दोस्रो टेष्ट खेलअघि न्यूजिल्याण्डलाई ठूलो झड्का लागेको छ। टिम कप्तान केन विलियम्सनका रूपमा न्यूजिल्याण्डलाई ठूलो झड्का लागेको हो।

कुहिनोको चोटका कारण उनले दोस्रो टेष्ट म्याच गुमाउने भएका छन्। विलियम्सनको स्थानमा अब दोस्रो टेष्टमा टम लाथमले टिमको कप्तानी गर्ने भएका छन्।

मुख्य प्रशिक्षक ग्यारी स्टेडका अनुसार विलियम्सनलाई टिम बाहिर राख्नु गाह्रो निर्णय थियो तर न्यूजिल्याण्डका कप्तानको चोट निको हुन यो सही निर्णयको आवश्यक थियो।

स्टिडले भने, ‘केनलाई टेष्ट नखेलाउनु यो सजिलो निर्णय होइन तर हामी सोच्छौं यो सहि छ। यसले उनलाई रिकवर हुन समय दिनेछ। विलियम्सनलाई आराम गर्ने मौका दिने निर्णय भारतविरुद्धको आगामी फाइनल खेललाई ध्यानमा राखी गरिएको छ।’

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

स्टिडले विलियम्सन जुन १८ देखि विश्वकप च्याम्पियनशिपको फाइनल खेलमा फिट हुने आशा गरेका छन्।

विलियम्सन पहिलो इनिङमा १३ रन र दोस्रो इनिङमा एक रनमा आउट भएका थिए। विलियम्सनले दोस्रो टेष्ट गुमाउने भएपछि तेस्रो नम्बरमा विल यंगले ब्याटिङको मौका पाउनेछन्।

पहिलो टेष्ट म्याचमा इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको थियो। पहिलो टेष्ट बराबरीमा सकिएको थियो।

न्युजिल्याण्डका लागि डेब्यू खेलाडी ओपनर डेभन कन्वेले दोहोरो शतकीय इनिङ खेलेका थिए। इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको दोस्रो तथा अन्तिम टेष्ट खेल बिहीबारदेखि बर्मिंघममा सुरु हुनेछ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker