PSL : लाहोरको रोमाञ्चक जित, ब्याटिङ र बलिङमा चम्किँए राशिद

काठमाडौंः यूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल)अन्तर्गत इश्लामाबाद युनाइटेडविरुद्ध लाहोर कलन्दर्स ५ विकेटले विजयी भएको छ।

इश्लामाबादले दिएको १ सय ४४ रनको लक्ष्य लाहोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो।

लाहोरको जितमा कप्तान सोहेल अख्तरले ४०, मोहम्मद अफीजले २९, टिम डेविडले नटआउट २३, बेन डंकले १७ रन बनाउँदा राशिद खानले अविजित १५ रनको योगदान दिए।

उनले ५ बलमा तीन लगातार चौका हिर्काउँदै म्याच जिताएका हुन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

लाहोरलाई अन्तिम ओभरमा ६ बलमा १६ रनको आवश्यकता थियो। बलिङमा हसन अलीले दुई, फवाद अहमद, सादव खान र फही अस्ररफले एक–एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको इश्लामाबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो।

उसका लागि फहीम अस्ररफले २७, उश्मान ख्वाजाले १८, हसन अलीले १४, कोलिन मुनरोले ११ र मोहम्मद वसीमले अविजित १० रन बनाए।

बलिङमा जेम्स फलक्नरले तीन, अहमद डानियल, हरिस रौफले दुई–दुई तथा राशिद खान र शाहीनसाह अफ्रिदीले एक–एक विकेट हात पारे।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker