गावस्करको नजरमा यी हुन् ‘खतरनाक’ बलर र ब्याट्सम्यान

काठमाडौंः भारतका सुनील गावस्कर क्रिकेटका महान् खेलाडीमध्ये एक मानिन्छ। उनी कठिन पिचमा हेलमेटबिना नै क्रिकेट खेल्थे।

वेष्टइण्डिज, अष्ट्रेलिया र इंग्ल्याण्डजस्ता टोलीविरुद्ध तीव्र गतिको बलिङको सामना गरे। क्रिकेट क्रिकेटरबाट कमेन्टेटर बनेका गावसकरले १० हजार टेष्ट रन बनाएका छन्।

गावस्करले आफ्नो समयका सबैभन्दा खतरनाक बलरहरूको नाम बताएका छन्। पूर्वभारतीय अनुभवी क्रिकेटर गावस्करले फास्ट बलर आफूलाई खेल्न गाह्रो परेको बताएका हुन्।

‘म दुई बलरको गति र गुणस्तरसँग डराउँथेँ। गतिको मामलामा मलाई लाग्दछ, जेफ थमसन सबभन्दा छिटो थिएँ। कुनै पनि समयमा तपाईंलाई आउट गर्न सक्ने क्षमता उनीसँग थियो,’ उनले भने, ‘एन्डी राबर्ट्स, मल्कम मार्शल, रिचर्ड हेडली र इमरान खान थोरै कम खतरनाक थिए। तर एन्डीसँग तपाईंलाई आउट गर्ने ठूलो क्षमता थियो। यदि तपाईंले १०० रन बनाउनुभएको भएपनि उनीविरुद्ध सबैभन्दा सतर्क हुनुपर्ने थियो।’

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

थामसन त्यस युगको दौरान सबैभन्दा फास्ट बलरको रूपमा परिचित थिए। सटिक लाइन र लेन्थका कारण ब्याट्म्यानहरू डराउँथे। गावस्करले उत्कृष्ट ब्याट्सम्यान छनोट गरेका छन्।

उनले विवि रिचर्ड्स उत्कृष्ट ब्याट्सम्यान भएको बनाएका छन्। उनी विपक्षी टोलीमाथि सधैं हाबी रहन्थे। उनी सबैभन्दा राम्रो ब्याट्सम्यान थिए।

रिचर्ड्सलाई बलिङ गर्न निकै गाह्रो थियो। उनीसँग विस्फोटक रूपमा ब्याटिङ गर्ने शैली थिए। रिचर्ड्स आउट हुनका लागि कहिल्यै डराउँदैनथे।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker