आईपीएलका बाँकी म्याच सुरु हुने नयाँ मिति घोषणा

काठमाडौंः भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १४औँ सिजनको आईपीएलका बाँकी म्याच सुरु हुने मिति सार्वजनिक गरेको छ।

सार्वजनिक मितिअनुसार आईपीएल २०२१ का बाँकी खेल १९ सेप्टेम्बरदेखि १५ अक्टोबारसम्म हुनेछन्। बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले १९ सेप्टेम्बरदेखि आईपीएलका बाँकी म्याच यूएईमा सुरु हुने पुष्टि गरेका हुन्।

न्यूज एजेन्सी आईएएनएससँग कुरा गर्दै शुक्लाले आईपीएलका बाँकी खेलहरू सेप्टेम्बर १९ र अक्टोबर १९ सम्म हुने बनाएका हुन्। शुक्लाका अनुसार अक्टोबर १९ मा आईपीएलको फाइनल खेले हुनेछ।

टिमका खेलाडीहरूको कोरोना संक्रमण देखिएपछि ४ मेमा आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो। त्यतिबेलासम्म २९ खेल खेलिएका थिए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

अब प्लेअफ र फाइनलसहित ३१ म्याच हुन बाँकी छन्। २९ म्याच सकिँदा दिल्ली क्यापिटल्स तालिकाको शीर्ष स्थानमा छ। दिल्लीले ८ म्याचमा ६ म्याचमा जित र दुईमा हार ब्यहोरेको छ।

आईपीएल २०२१ सकिएको तीन दिनपछि टी–२० विश्वकप सुरु हुनेछ। विश्वकप १८ अक्टोबरदेखि सुरु हुँदैछ।

टी–२० विश्वकप पनि यूएईमै हुने सम्भावना बढी छ। भारतमा कोरोना संक्रमण नियन्त्रण भइनसकेकाले यूएईमा आईपीएल हुने सम्भावना बढेको हो। तर, आईसीसीले बीसीसीआईबाट जवाफ पाएपछि मात्र यसबारे निर्णय लिनेछ।

बीसीसीआईका उपाध्यक्ष शुक्लाले विश्वकप निर्धारित समयमै सुरु भएपनि त्यसमा आईपीएलले कुनै फरक नपर्ने जनाए।

उनकाअनुसार विश्वकपको सुरुवात म्याचमा टेष्ट मान्यता नपाएका देशलाई खेलाइने सम्भावना छ। टी–२० विश्वकपमा १६ देशका टिमले भाग लिनेछन्।

जसमा पपुवा न्यूगिनी, ओमान, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नामिबियालगायत टेष्ट मान्यता नपाएका टिम पनि छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker