आयरल्याण्डविरुद्ध वेष्ट इन्डिज विजयी, पोलार्ड र ब्रावोको घातक बलिङ


काठमाडौंः आयरल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेष्ट इन्डिज ९ विकेटले विजयी भएको छ । यो जितसँगै तीन खेलको सिरिज घरेलु टोली वेष्ट इन्डिजले बराबरी गरेको छ । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

सिरिजको अन्तिम खेलमा आयरल्याण्डले दिएको १ सय ३९ रनको लक्ष्य ११ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । उसका लागि लेन्डल सिमन्सले विस्फोटक ब्याटिङ गरे । उनले ४० बलमा १० छक्का र ५ चौकाको मद्दतमा अविजित ९० रन बनाए । यस्तै इवन लुईसले ४६ र निकोलश पूरनले नटआउट १ रनको योगदान दिए । बलिङमा आयरल्याण्डका सिमी सिंहले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको आयरल्याण्डले ९१.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रन बनायो । उसका लागि केभिन ओब्रायनले सर्बाधिक ३६ रन बनाए । बलिङमा वेष्ट इन्डिजका कप्तान किरण पोलार्ड, डिजे ब्रावोले ३–३, शेरफन रदरफोर्ड र रोमारियो सेफर्डले एक–एक विकेट लिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker