त्रिकोणात्मक सिरिजका लागि प्रशिक्षण थाल्दै नेपाल, ह्वाटमोर पनि फर्किंदै

काठमाडौंः स्पेनमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले नेपालले प्रशिक्षण सुरु गर्ने भएको छ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाबीच त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भइसकेको छ।

स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान)जे जनाएको छ।

उक्त सिरिज जुलाई तेस्रो साताबाट सुरु हुनेछ। जसका लागि नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर अर्को साता नेपाल पुग्ने भएका छन्। उनी आउँदो मंगलबार काठमाडौं आइपुग्ने क्यानले जनाएको छ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

नेपालमा कोरोना नियन्त्रणका लागि लकडाउनले गर्दा क्रिकेट गतिविधि ठप्प भएपछि ह्वाटमोर श्रीलंका फर्किएका थिए। ह्वाटमोर नेपाल पुगेपछि केही दिन क्वारेन्टाइन बस्नेछन्।

त्यसपछि मात्र नेपाली टोलीको प्रशिक्षण सुरु हुनेछ। सुरुवाती चरणमा क्यानले २२ जना खेलाडीलाई क्याम्पमा बोलाउने तयारी गरेको छ। त्यसबाट १५ खेलाडीलाई समेट्दै त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा गरिनेछ।

नेपाली टोलीले जुलाईको पहिलो सातासम्म त्रिवि क्रिकेट मैदानमै अभ्यास गर्नेछ। त्यसपछि नेपालले विदेशी भूमिमा करिब दुई साता प्रशिक्षण गर्ने तयारी भइरहेको छ। तर, हालसम्म कुन देशमा जाने भन्ने टुंगो नलागे पनि यूएई, नेदरल्याण्ड्स र ओमानमध्ये एक देशमा अभ्यान गर्न जाने सम्भावना रहेको छ।

गत वैशाखमा नेपालले घरेलु मैदान त्रिविमा नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो। जसको उपाधि पनि नेपालले नै हात पारेको थियो।

आईसीसी विश्वकप लिग–२ एकदिवसिय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरीसम्म चल्ने छ। सन् २०१९ देखि सुरु भएको विश्वकप लिग–२ सिरिजअन्तर्गत नेपालले हालसम्म एउटा सिरिज मात्र खेलेको छ। नेपालले २०२० मा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो।

सो त्रिकोणात्मक सिरिजमा नेपालले ओमानसँग हार्दा अमेरिकासँगको दुवै खेलमा भने जित हासिल गरेको थियो। नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker