चोपडाले चयन गरे बेस्ट WTC प्लेइङ–११, विराटसहित खेलाडीले पाएनन् मौका

काठमाडौंः पूर्व भारतीय क्रिकेटर तथा वर्तमान कमेन्टेटर आकाश चोपडाले विश्व टेष्ट च्याम्पियनशिपको बेस्ट प्लेइङ–११ चयन गरेका छन्।

उनले सम्पूर्ण विश्व टेष्ट च्याम्पियनशिपको दौरान उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई छनोट गरेका हुन्। ओपनरका रूपमा चोपडाले भारतका रोहित शर्मा र श्रीलंकाका दिमुथ करुणरत्नलाई छनोट गरेका छन्।

रोहितले वर्ल्ड टेष्ट च्याम्पियनशिपको दौरान ६४ को औसतमा १ हजार ३० रन बनाएका छन्। करुणरत्नेले ५५ को औसतमा ९ सय ९९ रन बनाएका छन्।

चोपडाले दुई अष्ट्रेलियाली ब्याट्सम्यान स्टिभ स्मिथ र मार्नस लाबुशेनलाई तेस्रो र चौथो नम्बरका लागि छनोट गरेका छन्। लेबुशेनले विश्व टेष्ट च्याम्पियनशिपमा सर्वाधिक १ हजार ६ सय ७५ रन बनाएका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

उनले केन विलियम्सनलाई यस टिमको कप्तान बनाएका छन्। बेन स्टोक्सलाई अलराउन्डरको रूपमा टोलीमा समावेश गरेका छन्।

विकेटकीपर ब्याट्सम्यानका रूपमा चोपडाले ऋषभ पन्तलाई छनोट गरेका छन्। उनले टूर्नामेन्टमा ६ सय ६२ रन बनाएका छन्।

चोपडाले बलरको रूपमा प्याट कमिन्स, रविचन्द्रन अश्विन, स्टुअर्ट ब्रोड र टिम साउथीलाई छनोट गरेका छन्। उनले विराट कोहली, अजिंक्य रहाणे, डेविड वार्नर, बाबर आजम र चेतेश्वर पुजाराजस्ता स्टार ब्याट्सम्यानलाई टिममा समावेश गरेका छैनन्।

साथै उनले मिचेल स्टार्क, टे«न्ट बोल्ट र जेम्स एन्डरसनजस्ता दिग्गज बलरलाई टिममा समावेश गरेका छैनन्।

चोपडाले छानेको बेस्ट विश्व टेष्ट च्याम्पियनशिप–११ :

रोहित शर्मा, दिमुथ करुणारत्ने, स्टिभ स्मिथ, मार्नस लाबुशेन, केन विलियम्सन (कप्तान), ऋषभ पन्त (विकेटकीपर), बेन स्टोक्स, प्याट कमिन्स, रविचन्द्र अश्विन, स्टुअर्ट ब्रोड र टिम साउथी।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker