एण्डरसनले बनाए नयाँ कीर्तिमान

काठमाडौंः इंग्ल्याण्डका फास्ट बलर जेम्स एण्डरसनले नयाँ कीर्तिमान बनाएका छन्। उनले इंग्ल्याण्डको तर्फबाट सर्वाधिक टेष्ट म्याच खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन्।

बिहीबार न्यूजिल्याण्डसँगको टेष्ट सिरिजको दोस्रो म्याच खेलेसँगै एण्डरसनले यो उपलब्धि हासिल गरेका हुन्। योसँगै उनले इंग्ल्याण्डका पूर्वकप्तान एलेस्टर कूकको कीर्तिमान तोडेका छन्।

एण्डरसनले हालसम्म १ सय ६२ टेष्ट म्याच खेलेका छन्। कूकले १ सय ६१ टेष्ट म्याच खेलेका थिए।

इंग्ल्याण्डका लागि सर्वाधिक टेष्ट खेल्ने सूचीको तेस्रो स्थानमा तीव्र गतिका बलर स्टअर्ट ब्रोड छन्। उनले १ सय ३३ टेष्ट म्याच खेलेका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यस सूचीको चौथो स्थानमा एलेक स्टुवार्ट रहेका छन्। उनले १ सय ३३ खेल खेलेका थिए। पाँचौं स्थानमा रहेका इयान बेल र ग्राहम गुचले समान ११८ खेल खेलेका थिए। वर्तमान कप्तान जो रूट १०५औं खेल खेलिरहेका छन्।

इंग्ल्याण्डको लागि १५ जना क्रिकेटरले १ सयभन्दा बढी टेष्ट म्याच खेलेका छन्। एण्डरसन टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर पनि हुन्। उनले हालसम्म २९९ इनिङ्समा ६ सय १६ विकेट लिएका छन्।

दोस्रो स्थानमा स्टअर्ट ब्रोड छन्। ब्रोडले ५ सय १८ विकेट लिएका छन्। टेष्ट क्रिकेटको सर्वाधिक विकेट लिने खेलाडी श्रीलंकाका पूर्वस्पिनर मुथैया मुरलीधरन हुन्। उनले ८ सय विकेट लिएका छन्।

टेष्टमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा शेन वार्न छन्। उनले ७ सय ८ विकेट लिएका छन्। अनिल कुम्बले ६ सय १९ विकेटसहित तेस्रो र एण्डरसन चौथो स्थानमा रहेका छन्। एण्डरसनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध खेल्दै टेष्ट क्रिकेटमा डेब्यू गरेका थिए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker