टी–२० सिरिजः न्यूजिल्याण्डमाथि भारतको शानदार जित


काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको छ । न्यूजिल्याण्डले दिएको २ सय ४ रनको लक्ष्य भारतले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै पाँच खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएको छ ।

भारतकाे जितमा केएल राहूलले ५६, कप्तान विराट कोहलीले ४५, श्रेयस अय्यरले अविजित ५८, शिवम दुवेले १३, रोहित शर्माले ७ र मनिष पाण्डेले नटआउट १४ रन बनाए । बलिङमा न्यूजिल्याण्डका इश सोधीले २, ब्लेयर टिकर र मिचेल सान्टनरले एक–एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि तीन खेलाडीले अर्धतक बनाए ।न्यूजिल्याण्डका लागि कोलिन मुनरोले ६९, कप्तान केन विलियम्सनले ५१, रस टेलरले अविजित २४, मार्टिन गुप्टिलले ३० रनको योगदान दिए ।

बलिङमा भारतीय टीममा रवीन्द्र जडेजा, जसप्रीत बुमराह, युजवेन्द्र चहल, शार्दुल ठाकुरले एक–एक विकेट लिए । भारत र न्यूजिल्याण्डबीचको सिरिजको दोस्रो खेल आइतबार हुनेछ ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker