क्विन्टन डीककले बनाए नयाँ कीर्तिमान, कस–कसको तोडियो रेकर्ड?


काठमाडौंः दक्षिण अफ्रिका क्रिकेट टीमका विकेटकीपर–ब्याट्सम्यान क्विन्टन डीककले नयाँ कीर्तिमान बनाएका छन् । उनले विकेटकीपिङको भूमिका निर्वाह गर्दै सर्बाधिक छिटो २ सय क्रिकेटरलाई आउट गर्ने कीर्तिमान बनाएका हुन् । योसँगै क्विन्टनले अष्ट्रेलियाका पूर्व विकेटकीपर–ब्याट्सम्यान एडम गिलक्रिस्टको रेकर्ड तोडेका छन् ।

डिककले घरेलु मैदान जोहान्सबर्गमा इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजको चौथो खेलमा यो उपलब्धि हासिल गरेका हुन् । उनले विकेटकीपिङको भूमिका रहेर ४५ टेष्टमा २ सय ब्याट्सम्यानलाई आउट गर्न सफल भए ।

गिलक्रिस्टले भने यो उपलब्धि हासिल गर्न ४७ टेष्ट खेल्नु परेको थियो । यो सूचीको तेस्रो स्थानमा ब्राड ह्याडन, चौथोमा कमरन अकमल, पाँचौमा मार्क बाउचर र छैटौंमा न्यूजिल्याडका विजे वाटलिङको नाम आउँछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker