भारतलाई दोस्रो झड्का, अर्धशतक बनाउन चुके राहूल


काठमाडौंः न्यूजिल्याण्डसँगको टी–२० सिरिजको अन्तिम तथा पाँचौ खेलमा भारतीय टीमका ओपनर केएल राहूल अर्धशतक बनाउन चुकेका छन् । उनले आज ३३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाए । केएल ११.३ ओभरमा हमीश बेनेटको बलमा क्याचआउटको सिकार भएका थिए । राहूल पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यद्यपि उनी अर्धशतक बनाउन भने चुकिरहेका छन् ।

अघिल्लो खेलमा राहूलले ३९ रनको योगदान दिएका थिए । टस जितेर ब्याटिङ रोजेको भारतले यो समाचार तयार पार्दासम्म १२ ओभरमा २ विकेट गुमाएर १ सय १ रन बनाएको छ ।

भारतले आज पनि पहिलो विकेटका रुपमा ओपनर सञ्जु स्यामसनलाई सस्तैमा गुमायो । उनी आज १.३ ओभरमा व्यक्तिगत ४ रनमा आउट हुन पुगे । अघिल्लो खेलमा सञ्जु ८ रनमा आउट भएका थिए । उनलाई दुवै खेलमा स्कट कुग्लाइनले आउट गरेका हुन् ।

सिरिजको अन्तिम खेलमा भारतले एक खेलाडी परिवर्तन गरेको छ । उसले नियमित कप्तान विराट कोहलीलाई विश्राम दिएको छ । आज भारतीय टीमको नेतृत्व रोहित शर्माले गर्दै छन् । भारतीय टीमका विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्तले सिरिजको अन्तिम म्याचमा पनि मौका पाउन असफल भए ।

न्यूजिल्याण्डको टीमले भने आज पनि अघिल्लो खेलकै प्लेइङ सेटलाई मैदान उतारेको छ । भारतले पाँच म्याचको सिरिज ४–० ले जितिसकेको छ । तेस्रो र चौथो खेलमा न्यूजिल्याण्डलाई ‘सुपर ओभर’मा पराजित गर्दै भारतले सिरिज जितिसकेको हो ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

भारतले न्यूजिल्याण्डमाथि उसकै घरेलु मैदानमा टी–२० सिरिज जितेको यो पहिलाेपटक हो । उसले न्यूजिल्याण्डको मैदानमा १२ वर्षदेखि टी–२० सिरिज खेल्न थालेको थियो । र, सिरिज जित्न सकेको थिएन । तर योपटक भने भारतले २ खेल अगावै सिरिज आफ्नो नाममा बनाउँदै इतिहास रचेको छ । भारत अब अर्को इतिहास रच्ने दाउमा छ ।

भारतलाई अब न्यूजिल्याण्डलाई उसकै घरेलु मैदानमा ५–० ले हराउँदै ‘क्लिन स्विप’ गर्ने मौका छ । यदि न्यूजिल्याण्डमाथि सिरिज ‘क्लिन स्विप’ गर्नसके भारतले अर्का इतिहास रच्ने छ ।

पाँचौ खेलमा भारतीय टीमको प्लेइङ ११ः रोहित शर्मा (कप्तान), केएल राहूल, सञ्जु स्यामसन, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, वाशिङटन सुन्दर, शार्दुल ठाकुर, कुलदीप यादव, नवदीप सैनी र जसप्रीत बुमराह ।

न्यूजिल्याण्ड टीमको प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, रस टेलर, डारेल मिचेल, टिम सेफर्ट, मिचेल सान्टनर, टम ब्रुस, स्कट कुगेलेइजन, टिम साउथी (कप्तान), ईश सोधी र हमीश बेनेट ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker