आइपीएल २०१९ मा उत्कृष्ट ‘इकोनमी’मा बलिङ गर्ने १० बलर, सन्दीप कति औं स्थानमा? (सूचीसहित)


काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल) को आसन्न संस्करण विश्वभरी व्यापक रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित समयमै हुने निश्चित भइसकेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले २९ मार्चमा तोकेको आइपीएल मिति कोरोना त्रासले १५ अप्रिलमा सारेको छ । नयाँ मितिमा पनि आइपीएल हुनेमा शंका कायमै छ ।

भारतमा कोरोनाका संक्रमित दिनहुँ बढिरहेकाले नयाँ मितिमा पनि आइपीएल हुने शंका उब्जिएको हो । शुक्रबारसम्म भारतमा कोरोनाबाट ४ जनाको ज्यान जानुका साथै १ सय ७० बढी संक्रमित भएका छन् ।

आइपीएल विश्व क्रिकेटको सर्बाधिक लोकप्रिय लिग हो । १२ संस्करणको आइपीएल सकिँदा सर्बाधिक ४ पटक मुम्बई इन्डियन्सले उपाधि जितेको छ । सर्बाधिक उपाधि हात पार्नेमा चेन्नई सुपर किंग्स (सीएसके) दोस्रो स्थानमा छ । उसले हालसम्म तीन पटक आइपीएल उपाधि आफ्नो पक्षमा पारेको छ ।

गत संस्करणको आइपीएल फाइनलमा मुम्बई र चेन्नई पुगेका थिए । जहाँ मुम्बईले चेन्नईमाथि रोमाञ्चक जित निकाल्दै उपाधि कब्जा गरेको थियो । आइपीएल २०१९ मा कयौं क्रिकेटरले विभिन्न कीर्तिमान आफ्नो नाममा बनाएका थिए । यसैबीच आज गत सिजनको आइपीएलमा उत्कृष्ट इकोनमीमा बलिङ गर्ने १० बलरको सूची देखाउँदै छौं–

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

आइपीएल २०१९ मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट इकोनमी बलिङ गर्नेको सूचीमा ५४ औं स्थानमा थिए ।

दिल्ली क्यापिटल्सबाट आइपीएल खेल्ने उनले गत संस्करणमा ६ म्याचमा २३ ओभर बलिङ गर्न पाएका थिए । जहाँ सन्दीपले २१० रन खर्चिएर ८ विकेट लिएका थिए ।

गत आइपीएलमा उनको इकोनमी ९.१३ थियो । इकोनमीको मामिलामा आइपीएल २०१९ मा सन्दीपभन्दा पछि लसिथ मलिंगा, हार्दिक पाण्ड्या, क्रिस मोरिस, इस सोधी, शार्दुल ठाकुर, आन्द्रे रसेल, उमेश यादव, जयदेव उनादकट लगायत स्टार बलर थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker