क्रिस गेल भन्छन्, क्रिकेटमा पनि रंगभेद हुन्छ


एजेन्सी: वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले क्रिकेटमा समेत रंगभेद हुने गरेको बताएका छन्। गेलले फुटबलमा मात्र नभएर क्रिकेटमा समेत रंगभेदी व्यवहार हुने खुलासा गरेका हुन्।

अमेरिकामा एक अश्वेत नागरिकको प्रहरी कारबाहीमा निधन भएपछि विश्वभर उक्त घटनाको विरोध भइरहेको छ। अफ्रिकी मुलका ४६ वर्षीय जर्ज फ्लोयडको निधनपछि अमेरिकामा मानिसहरु आन्दोलित भएका छन् ।

घटनाले उग्र रुप लिएपछि अमेरिकामा दननौं शहरहरुमा कफ्र्यु लगाइएको छ भने राष्ट्रपति डोनाल्ट ट्रम्पले आन्दोलन सेना परिचालन गर्ने घोषणा गरिसकेका छन्।

फ्लोयडको निधनको विश्वभर विभिन्न क्षेत्रकाव्यक्तिहरुले विरोध गरिरहका छन्। युरोपियन फुटबल क्लब र खेलाडीहरुले रंगभेदविरुद्ध अभिव्यक्ति दिएका छन्। सोही प्रशंगमा वेस्ट इन्डिज विष्फोटक ब्याट्सम्यान गेलले रंगभेदफुटबलमा मात्रै नभएर क्रिकेटमा पनि हुने गरेको बताएका हुन्। फ्लोयडको निधनपछि अमेरिकामा पुलिस र सरकारलाई अश्वेत विरोधी आरोप लागिरहेको छ।

२५ मेमा मिनियापोलिसबाट सुरु भएको विरोध प्रर्दशन अमेरिकासहित विश्वभर यसको विरोध भइरहेको छ। उनले सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै आफ्नो विचार राखेका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

‘कोही अरु मानिसका जीवन जस्तै अश्वेत मानिसको जीवनले पनि अर्थ राख्छ । नश्लवादी मानिसलाई लाज लाग्नुपर्छ। मैले संसारभर यात्रा गरेको छु, मैले आफै नश्लीय टिप्पणीको अनुभव गरेको छु,’ गेलले लेखेका छन्, ‘किनकि म अश्वेत हुँ। खाली फुटबल मात्र होइन, क्रिकेट समेत यसबाट अछुतो छैन। अश्वेत टिमभित्र सधै निराशमात्र हुन्छ। अश्वेत शक्तिशाली हुन्छन्, मलाई गर्व छ।’

खेलकुदमा समेत विभिन्न समयमा रंगभेदी टिप्पणी देखिने र सुनिने गरेको छ। युरोपको शीर्ष डिभिजनको फुटबलमै खेलाडीमाथि दर्शकले रंगभेदी टिप्पणी गर्ने गरेका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker