दक्षिण अफ्रिकाले इंग्ल्याण्ड भ्रमण नगर्ने

एजेन्सीः दक्षिण अफ्रिकाको महिला क्रिकेट टिमले इंग्ल्याण्ड भ्रमण नगर्ने भएको छ।

कोरोना भाइरसको कारण सरकारले यात्रामा रोक लगाएको कारण दक्षिण अफ्रिकी महिला टिमले इंग्ल्याण्ड भ्रमण नगर्ने भएको हो।

दक्षिण अफ्रिका क्रिकेटले इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डलाई पत्र लेख्दै भ्रमण गर्न नसकिने जानकारी गराएको बीबीसीले जनाएको छ। दक्षिण अफ्रिकाले सेप्टेम्बरमा इंग्ल्यान्ड भ्रमण गर्ने बताइएको थियो।

भ्रमण दौरान दुई टोलीले २ खेलको टी–२० र ४ खेलको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको थियो। यसअघि भारतीय महिला टिमले समेत इंग्ल्याण्ड भ्रमण स्थगित गरेको थियो।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker